

उडेको केही मिनेटमै अचेत, काठमाडौं झरेपछि मृत घोषणा

काठमाडाैं- बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा एक महिला यात्रुको निधन भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजुकुमारी चौधरीको मंगलबार दिउँसो मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई श्रीमान् जंगबहादुर चौधरीसहित काठमाडौं ल्याइँदै थियो। जहाज उडेको केही समयमै राजुकुमारी अचेत भएपछि काठमाडौंस्थित केएमसी अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

