एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडाैं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन मंगलबारको तुलनामा पाँच हजार रुपैयाँले बढी हो।

मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १,९९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको १,९४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढी हो।

बजारमा देखिएको यो मूल्यवृद्धिले लगानीकर्ता र उपभोक्ताहरूको ध्यान खिचेको छ।

प्रतिक्रिया