

सुनको सिक्री र ५ थान मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भसार छलेर लान लागेको सुन र ५ थान मोबाइलसहित एकजना पक्राउ परेका छन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छलेर लुकाइछिपाइ लैजान लागेको २५ ग्राम तौलको सुनजस्तो देखिने धातुको सिक्री ५ थान मोबाइलसहित कास्की पोखरा महानगरपालिका ११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दीपक केसीलाई प्रहरीले पक्राउ गरेको हो।
हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दीपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थानसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

