विश्वकप छनौट : क्रोएसियासँग माल्टा पराजित


काठमाडौं – फिफा विश्वकप छनौट अन्तर्गत क्रोएसियाले माल्टालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोलले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे । जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ ।

क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ । माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा छ ।

 

प्रतिक्रिया