

पोखरा आसपास भूकम्पको धक्का महसुस

काठमाडाैं- कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो गण्डकी प्रदेशको कास्की आसपास बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

