कालिगण्डकीमा डुबेर बेपत्ता भएका किशोरको शव तीन दिनपछि फेला


म्याग्दी — म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव तीन दिनपछि फेला परेको छ।

१५ वर्षीय निरज मल्ल यही जेठ ३ गते नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए। उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे सशस्त्र प्रहरी बलको गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट निकालिएको हो।

शव खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीमा एक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ४ जना गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त ५ जना गरी १९ जना सहभागी थिए। टोलीले सोमबार बिहानदेखि निरन्तर खोजी कार्य गर्दै आएको थियो।

प्रतिक्रिया