प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं — नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया