सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त


काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नाउपाको मन्त्रीको एक कोटा खाली थियो ।

उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया