

कपडा गोदाममा आगलागी, क्षतिको विवरण भने आउन बाँकी

काठमाडौं — काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो ।
६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगायत आगलागी भएको स्थानमा पुगेका थिए ।
प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातिर्थबाट ४ जना खटिएका थिए ।

