

अघि बढ्दै विद्यालय शिक्षा विधेयक, आज समितिमा छलफल हुँदै

काठमाडौं – आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ ।
जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

