
रेशम चौधरी रिहा
काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्।
बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार कार्यालयले रिहा गरेको हो। सर्वोच्च अदालतको नाममा ‘फेक पत्र’ पठाएर उनलाई पक्राउ गरिएको पुष्टि भएपछि अदालतले नै अर्को आधिकारिक पत्रमार्फत चौधरीलाई रिहा गर्न आदेश दिएको थियो।
चौधरी सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टद्वारा पठाइएको नक्कली पत्रको आधारमा पक्राउ परेका थिए। सो घटनापछि विष्टलाई प्रहरीले पक्राउ गरिसकेको छ।
बुधबारको दिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम तय भएको थियो। तर, चौधरीको आकस्मिक पक्राउले उक्त कार्यक्रम स्थगित हुन पुगेको छ।



कागजपत्र |
