प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो।

सोमबार एक तोला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया