

१४ अंकले घट्यो नेप्से, झन्डै ९ अर्बको कारोबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो ।
आज नेप्से घट्दा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर कारोबार भएको छ ।
आज ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
यस्तै ३२७ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ९९८ पटक शेयर किनबेच भएको छ ।

