शुक्रबार सम्म त्रिविमा पठनपाठन बन्द, परीक्षा पूर्वनिर्धारित तालिका अनुरूप
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चैत २० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो।
त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन् ।