

कश्मीर आक्रमणमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइँदै

काठमाडौं — कश्मीरको पाहलगाममा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइँदैछ ।
शव श्रीनगरबाट नयाँ दिल्ली, त्यहाँबाट लखनउ हुँदै सुनौली बोर्डर पार गरेर बुटवल पुर्याइनेछ । आक्रमणमा घाइते भएकी रिमकला पाण्डेसहित सुदीपका अन्य आफन्तहरू पनि आजै नेपाल फर्किंदै छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा शव र घाइतेको सुरक्षित फिर्तीका लागि दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको हो । सुदीप गत शनिबार आमा र दुई नातेदारसँग कश्मीर घुम्न गएका थिए ।
आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

