

ओली र मोदीबीच टेलिफोन संवाद

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग बुधबार टेलिफोन संवाद गरेका छन् ।
जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा दुःख व्यक्त गर्न प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेका हुन् ।
फोनमा ओलीले सो आतंकवादी आक्रमणप्रति आपत्ति जनाउँदै यो दुःखको समयमा नेपाल सरकार र नेपाली जनता भारतको साथमा रहेको बताएका छन् ।
पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २८ जना पर्यटक मारिएका छन् ।

