

शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन हुने

काठमाडौं- प्रतिनिधि सभाको बर्खे अधिवेशनमा शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
आज प्रमुख सचेतकसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।
बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

