कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई महासंघको निर्देशन


काठमाडौं- नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपिल गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि महासङ्घले विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिन विद्यार्थी, अभिभावक, वि.व्य.स., गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया