जलेको अवस्थामा मृत भेटिए हरिकिसान


कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको हो ।

सडक नजिकै तोरी चुटेको भुसामा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उक्त शव बेल्डाडी गाउँपालिका-३ का हरिकिसन रानाको भएको खुलेको छ । उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्ने खुलेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै आफन्तले निश्पक्ष छानविनको माग गरेका छन् ।

प्रतिक्रिया