

ट्याक्टर दुर्घटना हुँदा कालिकोटमा चार जनाको मृत्यु (नामसहित)

कालिकोट – कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
आइतबार राति पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर लार्फ गाउँ नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृतकमा पलाँता गाउँपालिका -५ का ३२ वर्षीया अम्मा शाही, -४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुई सय मिटर तल खसेको थियो ।

