सुरक्षाकर्मीको यातनाबाट मारिएका जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ शुरु


काठमाडौं – गत वर्ष मारिएका अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ शुरु भएको छ । सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चरम यातना दिइ फ्लोइडको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्न भनिएका पूर्व सुरक्षाकर्मी डेरेक सार्विनविरुद्धको सुनुवाइ शुरु भएको हो । सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो ।

पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । तर सरकारी अधिकारीहरुले भने फ्लोइडले लागूऔषध प्रयोग गरेकाले सोही कारण उनको मृत्यु भएको दावी गर्दै आएका छन् ।

फ्लोइड मृत्यु प्रकरणको मुद्दामा अदालतले तीन दिनअघि अभियुक्तलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । अदालतमा उपस्थित भएका प्रत्यक्षदशीहरुले पनि सुरक्षाकर्मीको चरम यातनाका कारण फ्लोइडको मृत्यु भएको बयान दिएको जनाइएको छ ।

अदालतमा सुनुवाइ सुरु हुनुअघि फ्लोइडका समर्थकले न्यायको माग गर्दै अदालत बाहिर शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ। सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन् । बीबीसी

प्रतिक्रिया