
भट्टको मुद्दा न्यायाधीशद्वय फुयाँल र पाण्डेको इजालसमा
काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।
गभर्नर बन्ने चर्चापरिचर्चाको बीचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।
सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए ।
अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।



कागजपत्र |
