घट्यो सुनको मूल्य


काठमाडाैं- सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया