नेपाल च्याम्पियन, १९८४ पछि पहिलोपटक हात पर्यो उपाधि


काठमाडौं – सन् १९८४ पछि पहिलोपटक नेपालले ३७ वर्षपछि पहिलोपटक उपाधि हात पारेको छ । सोमबार साँझ राजधानीको दशरथ रंगशालामा सम्पन्न त्रि–देशीय फुटबल कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलको पूरै अवधिभर प्रतियोगिता हेरेर खेलाडीहरुलाई हौलसा प्रदान गरेको फाइनल खेलको १८ औं मिनेटमा नेपाली खेलाडी संजोग राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नेपालको अन्तर्राष्ट्रिय खेलमा डेब्यू मिनेटमा संजोग राई र ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै पहिलो नेपालमा पहिलो हाफमा २–० गोलले अग्रता लिएको थियो ।

बंगलादेशका लागि ८४ औं महबुर रहमानले गोल गर्दै खेललाई २–१ मा पु¥याए । खेलमा बंगलादेशका २ खेलाडीले पहेंलो कार्ड पाएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नेपालका संजोग राई घोषित भएका थिए भने प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भएका थिए । उनीहरुले क्रमशः २५० डलर र ५०० डलर पाएका थिए ।

विजेता नेपालले ५ हजार डलरसहित ट्रफी हात पारेको थियो ।

त्यस्तै उपविजेता बंगलादेशदले तीन हजार डलर बराबरको पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया