गमलाई ठगबहादुरको बिल्ला थियो, बैंक पनि ठगेछन्, हेर्नुहोस् विवरण


काठमाडौं– चिनियाँ लगानीकर्तालाई ठगेको आरोप लागेका लमजुङ घर भएका गमबहादुर लामिछानेलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेको छ।

बैंकिङ कसुरमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार लाजिम्पाट स्थित एम्बेस्डर होटलबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा गमबहादुरले दिएको दुई करोडको चेक बाउन्स भएको उजुर परेको  छ।

श्रीबहादुर खड्काले उनीविरुद्ध जाहेरी दिएपछि काठमाडौं प्रहरीले पक्राउ गरेर बुझाएको किरण बज्राचार्यले  बताइन् ।

०७६ मा पनि उनीविरुद्ध काठमाडौं प्रहरीमा बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको थियो। उनीमायथि नेपालमा लगानी गर्न आएका  चिनियाँ व्यवसायी जुओङ्ग याङ्गलाई पनि ठगेको आरोप छ।

नेपालमा ब्यवसाय गर्न चाहेका चिनियाँ नागरिकलाई छक्याएर उनले १० करोड ठगी गरेका हुन्। चितवनमा घाँस उत्पादन तथा प्रशोधन गरी आहारा उत्पादन गर्ने उद्योग खोल्न आएका चिनियाँलाई साझेदार बन्ने प्रस्ताव राखेर उनले ठगेका छन्।

अधिकृत पुँजी १ अर्ब रहेको ‘टियान यु इन्टरनेशनल प्रालिमा १० प्रतिशत सेयर लामिछानेले पाउने गरी दर्ता प्रक्रिया अघि बढाए।

तर, १६ वैशाख ०७६ मा कम्पनी दर्ता गर्दा एकलौटी दर्ता गरेका थिए। उद्योगको लागि जग्गा किन्न भनेर व्यवस्थापन गरेको ६ करोड ५० लाख रकमबाट लामिछानेले काठमाडौंको टोखारोडमा आफ्नौ नाममा घर किनेको चिनियाँ पक्षको आरोप छ।

प्रतिक्रिया