

कैलालीमा सर्पले डस्दा बालकको मृत्यु

कैलाली- कैलालीको टीकापुरमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमबार सर्पले डस्दा मृत्यु भएको हो ।
घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

