

कश्मिरमा तीन जना बिजेपी कार्यकर्ताको गोली हानी हत्या

काठमाडौं– भारतीय सत्तारुढ पार्टी बिजेपीका तीन जना कार्यकर्तालाई कश्मिरमा चरमपन्थीले गोली हानी हत्या गरेका छन्।
बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेगलाई गोली हानी हत्या गरिएको बिजेपीले जनाएको छ।
जम्मु–कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले घटनाको कडा निन्दा गरेका छन्। उनले हत्यालाई बर्बर बताएका छन्।
ठाकुरले ईद–एमीलाद–नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए। कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन्।
हत्यारालाई खोजी गरी कडा भन्दा कडा कारबाही गर्नका लागि बिजेपीले माग गरेको छ ।

