हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना पक्राउ


काठमाडौं- हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना देवकोटा पक्राउ परेकी छन् । काठमाडौँको न्युरोडबाट पालुङटार नगरपालिका-१० बागडाँडाकी १९ वर्षीया देवकोटालाई प्रहरीले आज आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ ।

उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइएको बोहराको भनाइ छ ।

प्रतिक्रिया