बाजुरामा ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध


काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानका क्रममा कामभन्दा बढी बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पुर्‍याएको पाइएको आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउँद, इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्र बहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउद, उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोप पत्र दायर गरिएको हो।

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थापामगरसंग २ लाख ६ हजार ९३५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाय माग गरिएको छ ।

यस्तै, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत साउँदसंग २ लाख २४ हजार ५५० रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाग माग गरिएको छ ।

इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्रबहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउदसंग ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेत सजाय माग गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढालाई ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो जफत र सजायको माग दाबी अख्तियारले गरेको छ ।

प्रतिक्रिया