रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन गर्न सरकारद्वारा ३ सदस्यीय वार्ता टोली गठन


काठमाडौं – सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने पनि बताए । उक्त वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया