तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री लेखक


काठमाडौं – गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका घाइतेहरूसँग बुधबार सिभिल अस्पतालमा भेट गरेका छन् ।

सो क्रममा उनले २२ वर्षीया रेविका खत्रीसँग पनि भेट गरे । उनी  प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । रेविकाले गृहमन्त्रीसँग आफ्नो भविष्य सुनिश्चित गर्नका लागि आग्रह गर्दै भने, “मेरो फ्युचर सेक्युयर गरिदिनुस् ।” गृहमन्त्री लेखकले सरकारको तर्फबाट आवश्यक कदम चाल्ने आश्वासन दिए ।

गृहमन्त्री लेखकले घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको र सबै घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराइएको जानकारी दिएका छन् । उनले भने, “सरकार घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्नेछ । औषधि बाहिरबाट किनेर ल्याउनुपरेको अवस्थामा पनि अस्पतालमार्फत मन्त्रालयमा बिल पुगेपछि सरकारले रकम फिर्ता दिनेछ ।”

यसैगरी, गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको स्थितिको निरीक्षण गर्न अस्पताल पुगेका थिए र सरकारले घाइतेलाई आवश्यक उपचार प्रदान गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया