झ्याप भएर गाउँपालिका पुगेका उपाध्यक्षले गरे कम्प्युटर तोडफोड


जाजरकोट – जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।

मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।

तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभावी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।

गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ ।

मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आफूलाई तोडफोड गर्न लगाएको बताएका थिए ।

प्रतिक्रिया