तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीको सहयोग


काठमाडौं-   तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी  चेक हस्तान्तरण गरेका हुन्।

तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई युवाको ज्यान गएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उनले सविनकी श्रीमती भविसा महर्जनलाई चेक हस्तान्तरण गरेका हुन् । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए।

चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पु¥याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए ।

 

प्रतिक्रिया