

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ

काठमाडौं — चैत १५ को तीनकुने प्रदर्शनका क्रममा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई ललितपुरबाट पक्राउ गरेको छ ।
कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् ।
घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

