

एकदिवसीय सिरिजमा भारतसंग इङ्ग्ल्याण्ड पराजित

पुणे – इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय सिरिज भारतले जितेको छ । घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै सिरिज जितेको हो।
भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो । यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो ।
भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ग्ल्याण्डले यसअघि भएको टेष्ट र ट्वान्टी-ट्वान्टी सिरिज पनि हारेको थियो ।

