काठमाडौंका सिडिओ दाहाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण
काडमाडौं – काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ।
कोरोनाको सामान्य लक्षण देखिएपछि पिसीआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।
दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।