

रौतहटमा नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला

रौतहट- रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छिन् ।
माधवनारायण नगरपालिका–३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर भएकी १८ वर्षीया छात्रा सुमनकुमारी बैठा आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी छात्रावासको बाथरुममा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी दीपककुमार रायले जानकारी दिए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी रायले बताए ।

