

भारतमा भयावह बन्दै कोरोना : एकैदिन ६८ हजारमा संक्रमण‚ २९५ को मृत्यु

एजेन्सी । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण भयावह बन्न थालेपछि विभिन्न राज्यहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गर्ने क्रम सुरु भएको छ ।
आइतबार एकैदिन मात्र भारतमा ६८ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको दास्रो लहर चलिरहँदा भारतमा केही दिनयता संक्रमितको संख्या झन् बढ्दै गएको हो ।
हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेकोमा एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २९५ जनाको मृत्यु भएको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३००, अमेरिकामा ४० हजार ३००, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३०० र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको छ।
ब्राजिलमा एक हजार ६०५, मेक्सिकोमा ५६७, अमेरिकामा ४७२, रसियामा ३३६, इटलीमा २९७ र हंगेरीमा २२० सहित विश्वभर साढे ६ हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५०० पुगेको छ। विश्वभर १२ करोड ७७ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० करोड २९ लाख मानिस संक्रमणबाट मुक्त भइसकेका छन्।

