गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेकाे छ : गृहमन्त्री


काठमाडौं- गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताए ।

उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताए । मन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए ।

उनले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे । मन्त्री लेखकले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया