

बालुवाटारमा डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखियो

काठमाडाैं- बालुवाटारमा रहेको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका नारा प्रदर्शित गरिएकाे छ । त्यहाँस्थित रोटरी क्लबको बोर्डमा ओलीविरुद्धको नारा देखिएको हाे । उक्त कार्य कसले गरेको हाे भन्ने खुलिसकेको छैन ।
यसअघि नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा देखिएको थियो ।
सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म उक्त बोर्डमा विवादास्पद सन्देश देखिएको थियो । भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार, डिजिटल बोर्डमा सूचना राख्ने पहुँच सीमित व्यक्तिहरूसँग मात्र थियो, तर पासवर्ड डिफल्ट रहेको कारण ह्याकको सम्भावना छ ।
सेवाग्राही र कर्मचारीहरूले जानकारी दिएपछि कार्यालय प्रमुख श्रेष्ठले उक्त सन्देश हटाएका थिए ।
प्राय डिजिटल बोर्डका पासवर्ड डिफल्ट हुन्छन् । जसका कारण जोकोहीले पनि त्यहाँ सजिलै पहुँच बनाएर यस्ता कार्य गर्न सक्छन् । अहिले त्यसैको शिकार रोटरी क्लबजस्तो अन्तर्राष्ट्रय सामाजिक संस्था पनि भएको छ ।

