

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडाैं- उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ । बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।
नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले चुनाव रोक्न आदेश दिएको छ।
उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ । यसअघि चुनावको विषयमा विवाद हुँदा ८ गते मतदान गर्ने सर्वदलीय सहमति भएको थियो ।

