स्ववियु निर्वाचनमा ६५ वर्षीय मतदाता


महोत्तरी – राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान प्रक्रिया जारी छ । मंगलबार बिहानदेखि विद्यार्थी मतदाताहरू लामबद्ध भई मतदानमा सहभागिता जनाइरहेका छन् ।

निर्वाचनमा विभिन्न उमेर समूहका विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका छन् । ६५ वर्षीय एक विद्यार्थी मतदाता पनि मतदान गर्न लामबद्ध भएको दृश्यले निर्वाचनप्रति विद्यार्थीहरूको गहिरो चासो र सहभागिता झल्काएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र स्वच्छ बनाउन क्याम्पस प्रशासन तथा सुरक्षाकर्मीहरू सतर्क रहेका छन्।  स्ववियु निर्वाचनको नतिजा साँझसम्म आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया