गाईलाई ढुंगाले हानेर खोलामा बगाएको घटनाबारे संसदमा उठ्यो प्रश्न


काठमाडाैं- बाजुरामा गाईलाई ढुंगाले हानेर खोलामा बगाएको घटनाले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ ।

कांग्रेसका सांसद सीताकुमारी रानाले जिउँदो गाईलाई ढुंगाले हानेर खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छिन् । ‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् ।

बाजुराको जगनाथ गाउँपालिका-६, काप्रेमा गौदान गरेको दृश्य भनेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा एउटा कालो रङको गाईलाई ढुंगाले हानेर नदीमा लखेटिएको देखिन्छ ।

प्रतिक्रिया