रवि लामिछानेलाई पोखरा पुर्याइयो, स्वास्थ्य जाँच गरिँदै
काठमाडौं — सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याइएको छ । पोखरा पुर्याउनासाथ रविको स्वास्थ्य परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
उनको स्वास्थ्य परिक्षणपछि प्रहरी हिरासतमा लगिनेछ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरको जहाजबाट रविलाई पोखरा ल्याइएको हो ।
लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा पोखराबाट बयानका लागि बयानका लागि रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । मंगलबार रुपन्देही ल्याइएका लामिछानेलाई ३ दिन (२३ घन्टा) बयान बिहीबार सकिएपछि आज (शुक्रबार) पुनः पोखरा ल्याइएको हो ।
रविलाई काठमाडौंबाट कात्तिक २ गते पक्राउ गरी पोखरा ल्याइएको थियो ।