बजगाईंलाई कारबाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस कै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गरेका छन् ।

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन्।

सांसद बजगाईँले पार्टी अनुशासन र हितविरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उनले उजुरी दर्ता गराएका छन्।

सांसद बजगाईंले  क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा मन्त्रीले करोडौँ रुपैयाँ घुस लिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।

आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

प्रतिक्रिया