कोरोना भाइरस संक्रमण उच्च देखिएपछि माछापुच्छ्रे गाउँपालिका सिल


कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका एउटा सहकारीका ३ जना सदस्यलाई कोरोना देखिएपछि सिल गरिएको पालीका सिल गरिएको छ । माछापुच्छ्रे वडा नम्बर ४ मा रहेको सहकारीका सदस्यलाई कोरोना संक्रमण देखिएपछि थप संक्मण फैलन नदिन पालिका सिल गरिएको हो ।

अध्ययन भ्रमणका लागि निस्किएका उनीहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण थप फैलिन नदिन पालिका कार्यालयका सबै काम ठप्प गरिएको छ । हाल थप कन्ट्याक्ट ट्रेसिङ अझै चलिरहेको छ । गाउँपालिकाको सम्पुर्ण सेवा १८ चैतसम्म बन्द हुने अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

कास्कीमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ । केही समयअघि पोखरा महानगरको वडा नम्बर १६ लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ७६ जना विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । उनीहरू पनि अध्ययन भ्रमणमा गएर फर्किएपछि कोरोना देखिएको हो ।

संक्रमणको पुनः जोखिम बढ्न थालेपछि कास्की प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन उर्दी जारी गरेको छ । सभा, समारोह र भेला आयोजना नगर्न सूचना निकालेरै आग्रह गरिएको हो ।

प्रतिक्रिया