फोटो खिच्ने क्रममा चितवनकाे वैकुण्ठ तालमा खसेर गौतमको मृत्यु
काठमाडौं- चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतमले ज्यान गुमाएका हुन् ।
गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । त्यहाँ ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा अचानक चिप्लिएर उनी तालमा खसेकाे जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए ।
उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए ।