भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० युवती विमानस्थलबाट फर्काइए
काठमाडाैं- शंकास्पद रूपमा भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइदिएको छ।
बिहीबार राति हिमालयन एयरलाइन्सको उडानबाट युएई र कुवेत जान विमानस्थल अध्यागमन कार्यालय पुगेका २० जना युवतीलाई फिर्ता गरेको कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले जानकारी दिए ।
अध्यागमन कार्यालयले ती युवतीलाई मानव तस्करीका रूपमा खाडी मुलुक पठाउन लागेको आशंका गर्दै फिर्ता गरेको जनाएको छ । चार जना कुवेत र बाँकी १६ जना युएई जाने भनेर बोर्डिङ पास लिएर अध्यागमन पास लिन पुगेका थिए ।