प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् ।

मंगलबार डेंगुको आंशकामा उनकाे रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् । ओलीलाई अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहले बताइन् ।

ओलीको स्वास्थ्यमा अस्तिबाट समस्या आएको थियो । अस्वस्थ भएपछि उनले अत्यावाश्यकबाहेकका भेटघाट बन्द गरेका छन् ।

प्रतिक्रिया