रविको समर्थनमा नाराबाजीमा उत्रिएका ८ जना पक्राउ
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको प्रदर्शनबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै प्रदर्शनबाट ८ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । प्रहरीले प्रदर्शनकारीमाथि चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।
कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।